यातायात व्यवसायीहरूले फिर्ता लिए बन्दको कार्यक्रम

हिमाल प्रेस २ फागुन २०७९ १०:४२
78
SHARES
यातायात व्यवसायीहरूले फिर्ता लिए बन्दको कार्यक्रम

काठमाडौँ- यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन्।

सरकार र यातायात व्यवसायीहरूबीच मंगलबार सिंहदरबारमा भएको वार्तामा यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठका सचिवालय सदस्य विजय गौतमले जानकारी दिए।

यता यातायात व्यवसायीहरूले पनि आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले बन्दको कार्यक्रम फिर्ता लिइएको बताएका छन्।

सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले सवारी नियमका नाममा ज्यादती गरेको भन्दै यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए। यसकै विरोधमा मंगलबार उपत्यकामा सवारीसाधन पनि चलाएका थिएनन्। सोमबार बालाजु क्षेत्रमा सवारीसाधनमाथि तोडफोडसमेत भएको थियो।

प्रकाशित: २ फागुन २०७९ १०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =