भारतीय लोकसभाको मतगणनामा भाजपाको अग्रता

हिमाल प्रेस २२ जेठ २०८१ ११:५१
22
SHARES
भारतीय लोकसभाको मतगणनामा भाजपाको अग्रता भारतको वाराणसीमा शनिबार चुनावको सातौं र अन्तिम चरणमा मतदान गरेपछि महिलाहरूले आफ्नो हातको औंलामा मसीको छाप देखाउँदै। तस्बिर : एपी/रासस

काठमाडौँ– भारतको लोकसभा निर्वाचनको जारी मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ। बीबीसीका अनुसार ५४३ सिटका लागि भएको चुनावमा भाजपा गठबन्धनले २९४ सिटमा अग्रता लिएको छ।

यसैगरी भारतीय राष्ट्रिय कांग्रेसले नेतृत्व गरेको इन्डिया गठबन्धनले २०२ सिटमा स्थानमा अग्रता लिएको छ। भारतीय लोकसभाको १८ औँ आमनिर्वाचन १ जुनमा सम्पन्न भएको थियो।

भारतका प्रमुख निर्वाचन आयुक्त राजीवकुमारले १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा भएको चनुवामा ६२.२ करोड मतदाताले मतदान गरेका छन्। यिनमा महिला मतदाताको संख्या ३१.२ करोड छ । निर्वाचनका लागि १.५ करोड जनशक्ति परिचालन भएको थियो।

 

प्रकाशित: २२ जेठ २०८१ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =