कार्यान्वयनमा जोड दिए बजेट उत्कृष्ट छ : माधव सापकोटा

हिमाल प्रेस २१ जेठ २०८१ १४:१४
16
SHARES
कार्यान्वयनमा जोड दिए बजेट उत्कृष्ट छ : माधव सापकोटा

काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेट सफल कार्यान्वयन गर्न सके डेढ दशककै उत्कृष्ट बजेट र सफल अर्थमन्त्री हुने दाबी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले बजेटले समाजवादी उद्देश्य बोकेको भन्दै सोही बाटो पकडेको उल्लेख गरे।

उनले आर्थिक सुधार वर्षको घोषणा गर्नु तथा स्पष्ट दृष्टिकोण, लक्ष्यका साथ बजेट आउनु र आर्थिक सुधारका पाँच रणनीति तथा रुपान्तरणको पाँच क्षेत्र घोषणा हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे। ‘कृषिलाई आधार मानिएको छ, आइटीलाई प्राथमिकताको घोषणा भएको छ,’ उनले भने, ‘हाम्रो बजेट परिचालनको क्षमता घटेको छ। यसमा पनि ध्यान दिनुपर्छ।’

उनले सार्वजनिक खरिद ऐनको बारेमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने तथा बजेट क्यालेन्डर निर्माण गरेर लागु गर्नुपर्ने उल्लेख गरे। ‘क्यालेन्डर नबनाए असारे विकास पुर्नवृत्ति हुनेछ। काम भए पुरस्कृत, नभए दण्डित हुने क्यालेन्डर बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित: २१ जेठ २०८१ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =