बजेटकै कारण सरकार ढल्दैन : सांसद सापकोटा

हिमाल प्रेस २८ जेठ २०८० १८:४२
6
SHARES
बजेटकै कारण सरकार ढल्दैन : सांसद सापकोटा

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन्। सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताए।

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरू हल गर्दै जानुपर्ने बताए।

प्रकाशित: २८ जेठ २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =