४३ न्यायाधीशको कोटामा आठजना मात्रै उत्तीर्ण

हिमाल प्रेस ३१ जेठ २०८१ २१:१६ | Thursday, June 13, 2024
४३ न्यायाधीशको कोटामा आठजना मात्रै उत्तीर्ण

काठमाडौँ- न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ। आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठजना लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए। तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठजना लिखित परीक्षामा उत्तीर्ण भएका हुन्।

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण भएका छन् भने आन्तरिक खुलामा अञ्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चारजना छन्। आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण भएका छन्।

आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेशी दुई, दलित एक र अपांग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो। न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ। रासस

प्रकाशित: ३१ जेठ २०८१ २१:१६ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast