सुरु भयो नेकपा एसको महाधिवेशन : प्रचण्ड, देउवासहितका नेता पुगे, ओली गएनन्

हिमाल प्रेस १६ असार २०८१ १४:५७ | Sunday, June 30, 2024
सुरु भयो नेकपा एसको महाधिवेशन : प्रचण्ड, देउवासहितका नेता पुगे, ओली गएनन्

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो पठाइएको थियो। सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भएका छन्।

तर नेकपा एकीकृत समाजवादी पार्टीले निम्तो दिए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उक्त समारोहमा गएका छैनन्। नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेमा केपी ओलीसँगै विद्रोह गरेर माधवकुमार नेपाल र झलनाथ खनालले स्थापना गरेको पार्टी हो। यो पार्टी स्थापनाको तीन वर्षमा अहिले १०औं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ।

प्रकाशित: १६ असार २०८१ १४:५७ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast