काठमाडौँ- तीन नेपाली खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन्।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन्।
ऐरी र सन्दीप यो प्रतियोगिता दोस्रो पटक खेल्दैछन्। यता रोहित पहिलो पटक अनुबन्धन भएका हुन्।
ऐरी र लामिछाने भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। उनीहरूको टोलीमा बाबर अजाम, मोहम्मद रिजवानदेखि हर्ष ठाकेरसम्म छन्।
यता रोहित अनुबन्धित टोरोन्टो नेसनल्समा साहिन साह अफ्रिदी, रोमारियो सेफार्डलगायतका खेलाडी छन्।
                            प्रकाशित: ८ असार  २०८१ ११:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


