यस्ताे छ ‘ह्रस्व दीर्घ’मा नीताको ‘क्यारेक्टर’

हिमाल प्रेस २९ जेठ २०८१ १४:२६ | Tuesday, June 11, 2024
यस्ताे छ ‘ह्रस्व दीर्घ’मा नीताको ‘क्यारेक्टर’

काठमाडौँ-  फिल्म ‘ह्रस्व दीर्घ’ की मुख्य अभिनेत्री नीता ढुंगानाको ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ।पोस्टरमा उनी हातमा बज्र लिएर उभिएकी छन्। साथै पोस्टरमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई देख्न सकिन्छ।

आगामी असोज ३ गते प्रदर्शन हुने फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्म सामाजिक कथामा आधारित छ। फिल्मको कथा हरिहर ढुंगानाले लेखेका हुन्।

फिल्ममा नेपाली कलाकार नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा र साउथबाट ब्रह्मानन्दम्, अलि, प्रदीप रावत र कवीर दुहान सिंहलगायतको अभिनय छ।

फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा तीन चरणमा छायांकन गरिएको छ। भारतीय छायांकार कवीरलालको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको छ। फिल्मको कथा अभिनेता हरिहर अधिकारीले लेखेका छन्। फिल्म निता फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: २९ जेठ २०८१ १४:२६ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast