पोल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै ‘मिस सुप्रानेसनल’ सजिना

हिमाल प्रेस ३ असार २०८१ ९:५८ | Monday, June 17, 2024
2
SHARE
पोल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै ‘मिस सुप्रानेसनल’ सजिना

काठमाडौँ- ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्।

पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेको मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए। उनले सजिनाले मिस सुप्रानेसनलमा नेपालका लागि उल्लेख्य नतिजा ल्याउन विश्वास सम्भावना बलियो रहेको विश्वाससमेत व्यक्त गरे।

सजिनाले आफ्नो देश नेपाललाई मिस सुप्रानेसनलमा प्रतिनिधित्व गर्ने अविश्वसनीय यात्रा सुरु भएको फेसबुकमा उल्लेख गरेकी छिन्।
‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन्।

सर्लाहीकी सजिनाले गत चैत २२ गते मिस सुप्रानेसनल नेपाल २०२४ को ताज पहिरिएकी थिइन्। यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ को सह विधा मिस एलिगेन्सको उपाधि जितेकी छिन्।

आगामी ४ जुलाईमा पोल्यान्डमै मिस्टर सुप्रानेशनलको अन्तिम पनि आयोजना हुँदैछ। जसमा सहभागी हुनको लागि मिस्टर सुप्रानेसनल नेपाल धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन्।

प्रकाशित: ३ असार २०८१ ९:५८ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast