न्युजिल्यान्डलाई वेस्ट इन्डिजले दियो १५० रनको लक्ष्य

हिमाल प्रेस ३१ जेठ २०८१ ८:१३ | Thursday, June 13, 2024
न्युजिल्यान्डलाई वेस्ट इन्डिजले दियो १५० रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको समूह चरणको खेलमा न्युजिल्यान्डलाई वेस्ट इन्डिजले १५० रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो। वेस्ट इन्डिजका शेरफेन रदफोर्डले ६८ रनको अविजित खेलेका थिए।

निकोलस पुरन १७, अकिल होसेन १५, आन्द्रे रसेल १४ र रोमारियो सेफर्डले १३ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

न्युजिल्यान्डका लागि टेन्ट बोल्डले ३ विकेट, टिम साउथी र लोकी फर्गुसन समान २-२ विकेट, जेम्स नीशाम र मिचेल स्यान्टनर १-१ विकेट लिन सफल भएका थिए।

वेस्ट इन्डिज र न्युजिल्यान्ड प्रतियोगिताको समूह ‘सी’मा छन्।

अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी पनि सोही समूहमा रहेका छन्। जारी विश्वकपमा वेस्ट इन्डिजले तेस्रो र न्युजिल्यान्डले दोस्रो खेल खेल्दैछ।

समूह ‘सी’ अन्तर्गत हालसम्म पाँच खेल भइसकेको छ। समूहको पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो।
दोस्रो खेलमा अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएको थियो।

समूहको तेस्रो खेलमा युगान्डाले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको थियो। चौथो खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो।

पाँचौँ खेलमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पाखा लगाएको थियो।

समूह ‘सी’ तालिकामा दुई खेल खेलेको अफगानिस्तान चार अंकसहित पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन्।

तीन खेल खेलेको युगान्डा भने दुई अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा आसीन पपुवा न्युगिनी र न्युजिल्यान्डले भने एक खेल पनि जित्न सकेका छैनन्।

केही बेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।

प्रकाशित: ३१ जेठ २०८१ ८:१३ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast