सुशील प्याकुरेल
काठमाडौँ- मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्। प्याकुरेलले एक विज्ञप्ति जारी गरी आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर आफ्नो राजदूत सिफारिस फिर्ता लिइदिन पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएको पनि जनाएका छन्।
सत्ता साझेदार नेकपा एमालेको कोटाबाट सिफारिस भएका उनले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क समेत नगरेको गुनासो गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकुरेलसहितलाई विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ९ असार २०८१ १५:४९ | Sunday, June 23, 2024
प्रतिक्रिया





