दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य

हिमाल प्रेस १० असार २०८१ ८:०४ | Monday, June 24, 2024
दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाउन सक्यो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

चेसले २ छक्का र ३ चौका प्रहार गरेका थिए। आन्द्रे रसेलले १५ रनमा नटआउट रहँदा अल्जारी जोसेफले ११ रनमै अविजित बनेका थिए।

यसबाहेक अन्य खेलाडीले दोहोरो रन प्रहार गर्न सकेनन्। दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले एक्लै ३ विकेट लिएका थिए।

यसबाहेक कागिसो राबाडा, केशव महाराज, ऐडेन मार्क्राम र मार्को जान्सेनले समान १-१ विकेट लिएका थिए। आजको खेलमा जित निकालेको टोली समिफाइनल पुग्नेछ।
खेल हारेको टोली बाहिरिनेछ। यो समूहबाट इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ। थप एक टोली मात्रै अब सेमिफाइनल पुग्ने सम्भावना रहन्छ।

प्रकाशित: १० असार २०८१ ८:०४ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast