एसईईको नतिजा बिहीबार आउने

हिमाल प्रेस १२ असार २०८१ १७:४८ | Wednesday, June 26, 2024
एसईईको नतिजा बिहीबार आउने

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (बुधाबार) नतिजा सार्वजनिक गर्ने जनाएको थियो।

तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकोले भोलि सार्वजनिक गर्ने निर्णय भएको हो। १५ चैतदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

प्रकाशित: १२ असार २०८१ १७:४८ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast