एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

हिमाल प्रेस ३२ जेठ २०८१ १०:२१ | Friday, June 14, 2024
एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी- नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका छन्।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन्। गत मंगलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो। अधिवेशनमा ६१३ सहभागी भएकामा ५९५ जना मतदानमा भाग लिएका थिए।

अधिवेशनले पाँच जना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। अधिवेशन पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए।

प्रकाशित: ३२ जेठ २०८१ १०:२१ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast