अल्टिमेटम दिँदै बाबुरामले प्रचण्डलाई भने : बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

हिमाल प्रेस १४ असार २०८१ १५:०३ | Friday, June 28, 2024
अल्टिमेटम दिँदै बाबुरामले प्रचण्डलाई भने : बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् दाहाललाई पत्र बुझाउँदै भट्टराई। तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलाशययुक्त आयोजनाको प्रभावित क्षेत्रको विकासका लागि बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तत्काल गठन गर्न माग गरेका छन्।

आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भट्टराईले तीन बुँदे माग राखेर बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाबारे ज्ञापनपत्र बुझाएका हुन्।

‘अहिलेको विद्युत प्राधिकरणअन्तर्गत सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गरियोस्,’ भट्टराईले बुझाएको पत्रमा भनिएको छ।

भट्टराईले दोस्रो मागको रुपमा अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बूढीगण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अघि बढाउन भनेका छन्।

त्यस्तै भट्टराईले तेस्रो मागको रुपमा आयोजना प्रभावितका जायज मागलाई तत्काल सम्बोधन गरन पनि भनेका छन्।

‘उपरोक्त मागहरू नेपाल सरकारले आगामी २०८१ भाद्र महिनाभित्र पूरा गरोस् भन्ने हाम्रो जोडादार आग्रह छ,’ भट्टराईले दाहाललाई भनेका छन्, ‘अन्यथा यो आयोजनाको प्रमुख पहलकर्ता हुनुको नाताले यस आयोजनाका सबै सरोकारवालाहरूका साथ आगामी अश्विन १ गतेबाट सशक्त आन्दोलनमा होमिन बाध्य हुने जानकारी समेत गराउँछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast