हावाहुरीले तनहुँमा घरकाे छाना उडायो [तस्बिरहरू]

हिमाल प्रेस १८ जेठ २०८१ ९:४७ | Friday, May 31, 2024
हावाहुरीले तनहुँमा घरकाे छाना उडायो [तस्बिरहरू]

काठमाडौँ- तनहुँमा बिहीबार साँझ आएको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। हुरीले विद्युत् पोल ढाल्दा विद्युत् सेवा अवरुद्ध भएको छ।

पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए।

हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको उनको भनाइ छ। त्यसैगरी व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन, कर्लुङ, रैकर, व्यास–१३ पोखरीभञ्ज्याङ, लगायतका स्थानमा हावाहुरीले क्षति पुर्‍याएको छ।

कर्लुङका एक स्थानीयका अनुसार वर्षासँगै आएको हावाहुरीबाट गाउँका घरको छाना उडेको छ। अन्नपात भिजेको छ। घरका गारो चिरिएका छन्।

तस्बिरहरू मनबहादुर रुचाल र रासस

प्रकाशित: १८ जेठ २०८१ ९:४७ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast