कांग्रेस बैठकमा नेतृत्वको आलोचना : अपठ्यारो पर्दामात्रै बोलाउने र सजिलो हुँदा आफैँ निर्णय गर्ने?

हिमाल प्रेस ९ जेठ २०८१ १७:३७
52
SHARES
कांग्रेस बैठकमा नेतृत्वको आलोचना : अपठ्यारो पर्दामात्रै बोलाउने र सजिलो हुँदा आफैँ निर्णय गर्ने?

काठमाडौँ- समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल गर्न भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक राखेको छ। आजदेखि सुरु भएको बैठकमा पार्टी नेतृत्वको आलोचना भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए।

‘चाहिएको बेलामा पार्टीका शीर्ष पाँच नेता बसेर गर्ने, अफ्ठ्यारो पर्दा किन बोलाउने भन्ने ८० प्रतिशतभन्दा बढी सदस्यको धारणा रहेको छ,’ उनले भने, ‘पार्टीका भ्रातृ संगठनमा खल्तीका मान्छे हाल्दा संगठन कहाँ छ? गल्ती गर्‍यौँ भनेर माफी माग्नुपर्छ।’

कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हाल्दा हैरान भइसकेको भन्दै सदस्यहरूले आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गर्नुपर्ने धारणा राखेका छन् । सहरी क्षेत्रमा सहकारीपीडितलाई संरक्षण गरेको भन्दै उनीहरूले आन्दोलन गृहमन्त्रीको राजीनामामा पुगेर टुंग्याउने कि के गर्ने भन्ने विषयमा पार्टीले निर्धारण गर्नुपर्ने बताएका छन्।

बैठकमा धारणा राखेका उनीहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै माओवादी लडाकु शिविर घोटालादेखि गिरीबन्धु टी–इस्टेटसम्मको छानबिनका लागि संघर्ष गर्नुपर्ने बताए। बैठक भोलि पनि बस्नेछ।

प्रकाशित: ९ जेठ २०८१ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =