किन बस्दैछ कांग्रेस पदाधिकारी बैठक?

हिमाल प्रेस १ फागुन २०८१ ९:३१
18
SHARES
किन बस्दैछ कांग्रेस पदाधिकारी बैठक? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। ​ ​ भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ। तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ।

प्रकाशित: १ फागुन २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast