‘फर्की फर्की’ र ‘पुजार सार्की’ बुकिङ खुल्ला

हिमाल प्रेस ८ जेठ २०८१ ११:४७
22
SHARES
‘फर्की फर्की’ र ‘पुजार सार्की’ बुकिङ खुल्ला

काठमाडौँ-  फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ यही जेठ १० देखि प्रदर्शन हुनेछ। दुइटै फिल्मको मंगलबारदेखि बुकिङ खुलाएको छ। बुद्ध जयन्तीको अवसरमा प्रदर्शन हुने फिल्मले उत्साहजनक साेज पाएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘फर्की फर्की’लाई देशभरमा ६१ सो र ‘पुजार सार्की’ लाई क्युएफएक्समा ५८ सो दिएको छ।

त्यस्तै, आईएनआई, वान् सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज् लगायतले फिल्मको बुकिङ खुलाउनुका साथै उत्साहजनक सो दिएका छन्।

रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको ‘फर्की फर्की’ मा अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ। फिल्म सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्।

दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू लगायतका कलाकारको अभिनय छ। विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता सुवास भुसाल हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =