काठमाडौँ- सिन्धुपाल्चोककाे लिशंखुपाखर-७स्थित ककलिङ हरिसिद्धि माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा छ देखि आठसम्मका विद्यार्थी लक्षित व्यक्तित्व विकास र अभिनयसम्बन्धि १५ दिने तालिम (कार्यशाला) सञ्चालन गरिएकाे छ।
बालबालिकाको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिरहेको शताब्दी आर्टसका अध्यक्ष तथा नाट्यकर्मी शंकर भण्डारीले बताए। कार्यशाला विद्यालयमा अध्ययनरत २० जना विद्यार्थी सहभागि छन्। जेठ २ गतेदेखि सुरु भएको कार्यशाला १५ दिनसम्म चल्नेछ।

भण्डारीका अनुसार विशेषत् बालबालिकालाई अभिनयतर्फ आकर्षित गराउन कार्यशाला सञ्चालन गरिएको हो। कार्यशाला सकिएपछि बालबालिकामार्फत दुई नाटक मञ्चन गर्ने आयोजकको तयारी छ।
कार्यशालामा नाट्यकर्मी शंकरसहित शताब्दी आर्ट्स टिमले प्रशिक्षण दिइरहेकाे छ। कार्यशालाको लागि शताब्दी आर्टस र लिशंखुपाखर गाउँपालिकाले सहकार्य गरेको हाे।


                                             
                                             
                                             
                                             
                                             
                                             

