विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले भने- एक हप्ताभित्रै कोशी सरकारले पूर्णता पाउँछ

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:४७ | Monday, May 13, 2024
विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले भने- एक हप्ताभित्रै कोशी सरकारले पूर्णता पाउँछ हिक्मत कार्की । फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले एक हप्ताभित्रै पूर्णता पाउने बताएका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सत्तारुढ दलहरूबीच छलफल गरेर एक हप्ताभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

‘विश्वासको मत पाएका छौँ। एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक कुरा गरेका छौँ। एक-दुई दिनभित्र सबै कुरा टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौँ,’ उनले भने। मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाउने पनि बताए। मन्त्रालयको संख्या नबढाउने सहमति पनि सत्ता गठबन्धनका दलहरूबीच भएको उनको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८१ १६:४७ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast