सीजी फुड्सको भैँसेपाटी कार्यालयमा तोडफोड र आक्रमण

हिमाल प्रेस २१ वैशाख २०८१ १८:३७
116
SHARES
सीजी फुड्सको भैँसेपाटी कार्यालयमा तोडफोड र आक्रमण

काठमाडौँ– चौधरी ग्रुप सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ। आज दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए। उनका अनुसार सो समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ।

फुड्स पार्कमा आउनासाथ उनीहरूले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए। चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ।

‘त्यहाँ कार्यरत महिला कर्मचारीमाथिसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए,’ उनले भनेका छन्, ‘त्यसलगत्तै आएको प्रहरीले आक्रमण गर्न आएका मानिसहरूलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ।’

यस घटनालाई लिएर चौधरी ग्रुपले भ्रत्र्सना गरेको छ। पौड्यालले जारी गरेको विज्ञप्तिमा दिनदहाडै भएको आक्रमणको ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ। १७ जना महिला र पाँच जना पुरुषसहित बस चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई जावलाखेलमा राखिएको छ। नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =