साढे छ लाखले हेरे ‘गाउँ आएको बाटो’को ट्रेलर

हिमाल प्रेस १३ जेठ २०८१ १५:१० | Sunday, May 26, 2024
साढे छ लाखले हेरे ‘गाउँ आएको बाटो’को ट्रेलर

काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर तीन दिनमा साढे छ लाख भन्दा बढि दर्शकले हेरेका छन्। बाँसुरी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन्।

करिब एक हजार प्रतिक्रिया बटुलेको ट्रेलरमा गाउँमा मोटर आएपछि चोयाको काम गरेर जीविकोपार्जन गरिरहेको माइलाको परिवारमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ।

राई समुदायको कथावस्तुमा आधारित फिल्ममा माइला (दयाहाङ राई), उसकी पत्नि माइली (पशुपति राई) र छोरा बान्द्रे (प्रसन राई) मुख्य भूमिकमा छन्। मोटरसँगै लाहुरेले गाउँमा टिभी भित्र्याएको र उनीहरुको छोरा हराएको प्रसँग पनि देखाइएको छ।

फिल्म यही जेठ २५ मा विश्वभर प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। आमोद राईले निर्माण गरेको फिल्म बाँसुरी फिल्म्स र मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको छ।

बाँसुरी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो।

यस्तो छ ट्रेलर

प्रकाशित: १३ जेठ २०८१ १५:१० | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast