समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व आउँदैनः नेता निधि

हिमाल प्रेस २८ वैशाख २०८१ १३:१० | Friday, May 10, 2024
समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व आउँदैनः नेता निधि फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा आयोजित कार्यक्रममा उनले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्ने कुरासँग आफू सहमत नरहेको बताए।

उनले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एक अर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर एक अर्कासँग नजोड्ने गरी अघि बढ्न जरुरी रहेको बताए। उनले सातवटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताए।

निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। उनले यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गरे।

नेता निधिले संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने, कर्मचारी संगठन हुनुपर्ने बताए। उनले अहिलेसम्म नेपालमा संघीयता पूर्ण रूपमा बन्न नै नसकेको जिकिर गरे।

प्रकाशित: २८ वैशाख २०८१ १३:१० | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast