व्यास नगरपालिकाको पुन: मतगणना असार २ गते [फैसलासहित]

हिमाल प्रेस ११ जेठ २०८१ १७:४२ | Friday, May 24, 2024
व्यास नगरपालिकाको पुन: मतगणना असार २ गते [फैसलासहित]

काठमाडौँ- २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको व्यास नगरपालिकाको प्रमुख पदको मत पुन:मतगणना असार २ गते हुने भएको छ। उच्च अदालत पोखराले नगरपालिकाको पुनः मतगणना आगामी असार २ गते बिहान ११ बजे गर्न बुधबार फैसला गरेको हो।

फैसलामा अदालतले ४४५ मत गडबड भएको देखिएकाले पुनः मतगणना गर्नपर्ने आदेश जारी भएको स्पष्ट पारेको छ। निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दायर गरेका थिए।

निर्वाचनमा कांग्रेसका बैकुण्ठनाथ न्यौपाने विजयी भएका थिए। न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए।

प्रकाशित: ११ जेठ २०८१ १७:४२ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast