मधेश सरकार ढल्ने पक्का भएसँगै उपेन्द्र यादवले डाके केन्द्रीय कार्यकारिणी बैठक

हिमाल प्रेस ३० वैशाख २०८१ १८:२६ | Sunday, May 12, 2024
मधेश सरकार ढल्ने पक्का भएसँगै उपेन्द्र यादवले डाके केन्द्रीय कार्यकारिणी बैठक उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी बैठक आह्वान गरेका छन्। विभाजनको प्रभाव खेपिरहेको जसपालाई मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएसँगै समस्या थपिएको छ।

यीनै विकसित राजनीतिक घटनाक्रमपछि यादवले कार्यकारिणी बैठक डाकेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने भन्ने निर्णय पनि भोलि नै हुनेछ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिने या रहिरहने निर्णय भोलि बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुङ्गो लगाउने जसपा प्रवक्ता मनिस सुमनले बताए। ‘विकसित घटनाक्रम नजिकबाट नियालेका छौँ। भोलि थप निर्णय गर्छौँ’ उनले भने।

मधेशमा नयाँ सरकार बनाउन छलफलमा जुटे एमाले, माओवादी, जनमत र लोसपा

मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा

मधेश सरकारबाट बाहिरियाे माओवादी

प्रकाशित: ३० वैशाख २०८१ १८:२६ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast