मधेशमा जसपा नेपाल नफुटेको दाबी

हिमाल प्रेस ३ जेठ २०८१ १३:५४ | Thursday, May 16, 2024
मधेशमा जसपा नेपाल नफुटेको दाबी

काठमाडौँ- मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालले नफुटेको दाबी गरेको छ। आज बिहान बसेको संसदीय दलको बैठकमा प्रदेशसभाका १९ मध्ये १८ सांसद उपस्थित थिए।

बैठकमा उपस्थित नभएका एक सांसद लालबाबु राउत पनि कार्यव्यस्तताले बाहिर रहेको पार्टी स्रोतले जानकारी दिएको छ।

यसअघिको संसदीय दलको बैठकमा ३ सांसद अनुपस्थित थिए। बैठकमा सरकार टिकाउन अन्य दलसँग छलफल गर्ने निर्णय भएको स्रोतको दाबी छ।

मधेशमा अहिले जसपा नेपालकै सरोज यादव मुख्यमन्त्री छन्। नेपाली एमाले र माओवादीले सरकार छाडेपछि अल्पमतमा छन्।

प्रकाशित: ३ जेठ २०८१ १३:५४ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast