‘छक्का पन्जा ५’ मा वर्षा शिवाकोटी, असोज २४ मा हलमा आउने

हिमाल प्रेस १७ जेठ २०८१ ९:०५ | Thursday, May 30, 2024
‘छक्का पन्जा ५’ मा वर्षा शिवाकोटी, असोज २४ मा हलमा आउने

काठमाडौँ- ‘छक्का पन्जा ५’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

छक्का पन्जा टिमले आज बिहान सार्वजनिक गरेको पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी देखिएका छन्। यसपटक छक्कापन्जाले वर्षालाई अनुबन्धन गरिएको देखिएको छ।

फिल्ममा राज आशनमा वर्षा बसिरहेकी छन् भने दीपक र केदार छेउछाउमा उभिएका छन्। यो सिरिज भर दीपकलाई राजाको रूपमा देख्न सकिन्छ। मतलब उनी फिल्मको मुख्य पात्र रहन्छन्। वर्षा सिम्हासनमा बसेको कारण दीपकको जोडी वर्षा हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारेमा निर्माण टिमले बताउने नै छ।

छक्कापन्जा टिमले सिक्वेल–सिक्वेलमा मुख्य नायिका अलगअलग राख्दै आएको छ।

यो फिल्मको आज शुभसाइत हुने निर्माण टिमले जनाएको छ। भक्तपुरको सूर्यविनायक मन्दिरमा यो फिल्मको शुभसाइत गर्दै निर्माणपक्षले छायांकन सुरु गर्न लागेको हो।

फिल्मलाई असोजको २४ गते (दसैँ) रिलिज गर्ने पक्का भएको समेत निर्माणपक्षले जानकारी दिएको छ। फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहनेछ। फिल्मलाई पोखरा, काठमाडौं र नुवाकोटमा छायांकन गरिनेछ।

फिल्मको छायांकन ५० दिनमा सक्ने योजना निर्माणपक्षको छ। यसपटक कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिक कथावस्तु भन्दा केही पर रहेर सामाजिक कथावस्तुमा फिल्म बनाउने तयारी गरेका छन्।

प्रकाशित: १७ जेठ २०८१ ९:०५ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast