काठमाडौं- पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सबइन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल घूस लिँदालिँदै पक्राउ परेका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो।
१७ हजार रुपैयाँ घु लिइसकेको अस्वस्थामा काठमाडौं महानगरपालिका ३१ स्थ्ति पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंको कार्यालयबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए। उनले यो विषयमा थप अनुसन्धान भइरहेको बताए।
प्रकाशित: १८ जेठ २०८१ १९:२३ | Friday, May 31, 2024
प्रतिक्रिया





