साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्दै

हिमाल प्रेस ६ जेठ २०८१ ११:३५ | Sunday, May 19, 2024
साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्दै

काठमाडौँ- कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन्। कोरियोग्राफर शिशिर खातीले फिल्मको निर्देशन गर्नेछन्। खातीले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्।

साइग्रेसले यो कथाआफ्नो जीवनको एक समयमा भएको प्रेममा तयार पारेका हुन्। कथावाचक साइग्रेसको आफ्नै युट्युब च्यानलमा उक्त कथा सुन्न सकिन्छ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा अर्जुन सुवेदी रहनेछन्। अडियो नोबेल ‘अधुरो प्रेम’ कै नाममा बन्ने फिल्म आगामी वर्ष (२०८२) मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

फिल्मका लागि अहिले कलाकारहरुसँग छलफल भइरहेको निर्देशक खातीले जानकारी दिए। साइग्रेस आफ्नो आवाज र कथा वाचनको शैलीमार्फत संसारभर चर्चित छन्।

प्रकाशित: ६ जेठ २०८१ ११:३५ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast