‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकनमा

हिमाल प्रेस ८ जेठ २०८१ १०:५३ | Tuesday, May 21, 2024
‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकनमा

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकन सुरु गरिने भएको छ। उपत्यका र मोफसल वितरणका लागि वितरकहरुसँग सम्झौता भएसँगै छायांकनमा जाने तयारी भएको हो।

निर्माण टिमले उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनसँग वितरण अधिकारका लागि सम्झौता गरेको छ। चिन्तनराज भण्डारीको छायांकन रहने फिल्म पाँचथरका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक नवीन चौहानले बताए। यो उनको पहिलो फिचर फिल्म हो।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिकामा छन्। अन्य कलाकार माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायतको अभिनय छ।

फिल्म आर्टमान्डुले निर्माण गर्नेछ। यसअघि आर्टमान्डुले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्।

निर्देशक चौहानकै लेखन रहेको फिल्मका सह-लेखक सुरज कटुवाल हुन्। फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्काको रहनेछ। फिल्ममा सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउदको शब्द रचना रहनेछ। फिल्ममा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ। फिल्ममा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्।

प्रकाशित: ८ जेठ २०८१ १०:५३ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast