नेपाल वायुसेवा निगममा देखिएको अनियमितता र भ्रष्टाचार अन्त्य गरेरै छोड्छु : पर्यटनमन्त्री तामाङ

हिमाल प्रेस २० चैत २०८० १५:३०
8
SHARES
नेपाल वायुसेवा निगममा देखिएको अनियमितता र भ्रष्टाचार अन्त्य गरेरै छोड्छु : पर्यटनमन्त्री तामाङ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता र भ्रष्टाचार अन्त्य गर्न आफू दृढ रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री तामाङले निगमका विषयमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने बताए। बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न सोधेका थिए।

पर्यटनमन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धी निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए। उनले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्‌डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताए।

पर्यटनमन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनै पनि निर्णय ढाकछोप गर्नुपर्ने कुनै कारण नरहेको बताए।

प्रकाशित: २० चैत २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =