पर्यटन उद्योग लयमा फर्किँदैछ : पर्यटनमन्त्री

हिमाल प्रेस १ चैत २०७९ ११:०६
4
SHARES
पर्यटन उद्योग लयमा फर्किँदैछ : पर्यटनमन्त्री फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग लयमा फर्किरहेको बताएका छन्।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौँमा भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधीकरण गर्न आवश्यक रहेको बताएका हुन्।

उनले नयाँ गन्तव्यस्थलको खोजी गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधीकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिन्छ।’

यसका लागि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन सेटलाइट एकाउन्टको काम गरिरहेको उनले बताए। उनले अहिलेको सन्दर्भमा सही तथ्यांक र सही विश्लेषण आवश्यक रहेको बताए। आज (बुधबार)बाट सुरु भएको गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ चैत २०७९ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =