‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’

हिमाल प्रेस १९ चैत २०८० १०:५२
64
SHARES
‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’

काठमाडौँ- फिल्म ‘खजुरे ब्रो’को ‘लभ गर्ने मान्छे’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। अनमोल गुरुङको शब्द र संगीत रहेको गीतमा संगीतकार गुरुङ र अनुपम गुरुङको स्वर छ।

गीतको भिडियोमा फिल्मका प्राय कलाकार देख्न सकिन्छ। फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईलगायतको अभिनय छ।

साथै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि फिल्ममा बिशेष भूमिका निवार्ह गरेका छन्।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी बैशाख २८ गतेबाट प्रदर्शन हुनेछ। कमेडी जनरामा बनेको फिल्म धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर निर्माण भएको छ। शिशिर बिसंखेको छायांकन रहेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका छन्।

फिल्म नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गरेका हुन्। दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: १९ चैत २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =