लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, करिब २६ कराेड जरिबाना

हिमाल प्रेस १६ वैशाख २०८१ १९:१२ | Sunday, April 28, 2024
लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, करिब २६ कराेड जरिबाना

काठमाडौँ– गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दाेषी ठहर नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ।

विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले न्याैपानेलाई ३ वर्ष कैद सजाय सुनाएको हो। उनलाई १२ करोड ८४ लाख बिगो र त्यसको दोब्बर अर्थात् २५ करोड ६९ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य आठ जनाले भने सफाइ पाएका थिए। न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप थियो।

प्रकाशित: १६ वैशाख २०८१ १९:१२ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast