यस्तो छ ‘पुजार सार्की’ को टिजर

हिमाल प्रेस ३० चैत २०८० १६:१७ | Friday, April 12, 2024
यस्तो छ ‘पुजार सार्की’ को टिजर

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट २५ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ।

आगामी जेठ १० मा प्रदर्शन हुने फिल्मको टिजरमा आर्यन पुजारी, प्रदीप दलित पात्र र पल क्रान्तिकारी बनेका तीन पात्रको मनोदशा प्रस्तुत गरिएको छ। अभिनेत्री अञ्जना र परीक्षा भने आर्यन र प्रदीपको प्रेमिका बनेका छन्।

तीन कलाकारको अभिनयलाई लिएर फिल्मले चर्चा बटुलिरहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। फिल्ममा अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। फिल्म राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, उत्तम न्यौपानेको साउण्ड डिजाइनमा बनेको छ।

प्रकाशित: ३० चैत २०८० १६:१७ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast