‘भिजिट भिसा’ निर्माण घोषणा

हिमाल प्रेस १ वैशाख २०८१ ११:२४ | Saturday, April 13, 2024
‘भिजिट भिसा’ निर्माण घोषणा

काठमाडौँ- नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो। पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ।

दुई पहाडको खोँचमा बस्ती। बस्ती यति पुरानो छ। बस्तीका घर पुराना भइसकेका छन्। जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन्। ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ। यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ।

फिल्मको टाइटल (नाम)ले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन्। विराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ।

विराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो।

प्रकाशित: १ वैशाख २०८१ ११:२४ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast