फिल्म ‘यो मन त मेरो नेपाली हो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

हिमाल प्रेस १ वैशाख २०८१ १०:५७ | Saturday, April 13, 2024
फिल्म ‘यो मन त मेरो नेपाली हो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

काठमाडौँ- नयाँ वर्ष २०८१ को अवसर परेर फिल्म ‘यो मन त मेरो नेपाली हो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मको पोस्टरमा मुख्य कलाकारहरू रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ।

२०८१ सालमा नै रिलिजको तयारीमा रहेको ‘यो मन त मेरो नेपाली हो’ को छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताए।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।फिल्मको पहिलो चरणमा नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बंगाल लगायतको ठाउमा फिल्मको छायांकन गरिएको थियो।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भन्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ।

प्रकाशित: १ वैशाख २०८१ १०:५७ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast