काठमाडौँमा ‘रित्तो गाउँ’ विशेष प्रदर्शन

हिमाल प्रेस १५ वैशाख २०८१ १५:३६ | Saturday, April 27, 2024
काठमाडौँमा ‘रित्तो गाउँ’ विशेष प्रदर्शन

काठमाडौँ- सर्ट फिल्म ‘रित्तो गाउँ’ काठमाडौँमा विषेश प्रदर्शन गरिएको छ। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा.उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित फिल्म कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो।

प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको उल्लेख्य सहभागिता थियो। यस कार्यक्रममा फिल्म निर्माण टिमका सदस्यको पनि उपस्थिति थियो।

रोटरी क्लब अफ ग्रिनल्याण्ड  काठमाडौँको आयोजनामा गरिएको यस विशेष प्रदर्शनसँगै  फिल्म टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुआत गरेको जनाएको छ।

आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडिओ निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ।

‘रित्तो गाउँमा’ वरिष्ठ कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र नवअभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ। अनुसन्धानमा आधारित यस  फिल्म दुई भागमा छुट्याइएकाे छ।

पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ। दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता हुन्।

निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनिङको काम भरत कंडेलले गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८१ १५:३६ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast