 
                             
                                            काठमाडौँ- एसीसी मेन्स प्रिमियर कप-२०२४ अन्तर्गतकाे आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएकाे छ। ओमानमा शनिबार भएकाे खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हाे।
नेपालले दिएको २११ रनको फराकिलो लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७८ रन बनायाे।
आजकाे खेलमा दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरे। ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन बनाए। आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको फराकिलो लक्ष्य पाएको थियो।
कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे।
शुक्रबार भएको खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित निकालेको थियाे।
याे पनि
                            प्रकाशित: १ वैशाख  २०८१ १९:५३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 