इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १३ चैत २०८० १८:०५
36
SHARES
इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरी- इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ः३५ बजेतिर इटहरी १० संविधानचोकस्थित कोशी राजमार्गमा इटहरीबाट विराटनगरतर्फ गुडिरहेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा इटहरी ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले बताए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा लगिएको थियो।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले बस र चालक बिर्तामोड ४ का ५९ वर्षीय बद्रीनारायण पाण्डेलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =