बीपी कोइरालाको ‘जेल डायरी’ माथि विमर्श

हिमाल प्रेस ७ चैत २०८० २०:५४
8
SHARES
बीपी कोइरालाको ‘जेल डायरी’ माथि विमर्श

सुर्खेत- प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘जेल डायरी’ माथि बुधबार वीरेन्द्रनगरमा विमर्श गरिएको छ। जय नेपाल फाउण्डेसन सुर्खेत र प्रेस युनियन सुर्खेतको संयुक्त आयोजनामा विमर्श कार्यक्रम आयोजना गरिएको हो।

कांग्रेस नेता शंकर तिवारीले सम्पादन गरेको उक्त पुस्तक कोइरालाले २०१७ देखि २०२५ सालसम्म जेल जीवन बिताएको समयमा लेखिएको हो। गत भदौमा प्रकाशन भएको पुस्तकमाथि सम्पादक तिवारी देशव्यापी रूपमा विमर्श गर्दै बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका हुन्।

विमर्श कार्यक्रममा सहजकर्ता एवम् मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. अर्जुनबहादुर ऐडीले पुस्तकका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै सम्पादक तिवारीले यो जेल डायरी कोइरालाद्वारा लेखिएका अन्य डायरीभन्दा फरक रहेको बताए। ‘यसमा समाजवादको व्याख्या निकै सुक्ष्म ढंगले गरिएको छ,’ उनले भने, ‘यो डायरी अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो, कोइरालाले यो पुस्तकमा आफूमा उत्पन्न भएको रिस, आवेग, आक्रोश, खुसी र हरेक भावनालाई निर्धक्कका साथ व्यक्त गर्नुभएको छ।’

तत्कालीन पञ्चायतविरुद्ध लड्दै गर्दाका संघर्ष, बीपीको निडरता र २००७ सालको क्रान्तिका बारेमा गहिरो रुपमा बुझ्नका लागि जेल डायरी पढ्नैपर्ने तिवारीको भनाइ छ। ‘जेल जीवनलाई उहाँले पीडाका रुपमा भन्दा पनि सयौँ पुस्तक अध्ययन गरी भावी समाज निर्माणको चित्र यो डायरीमार्फत कोरिएको छ,’ उनले भने, ‘राजनीतिक मूल्य, मान्यता र आदर्श कस्तो हुनुपर्छ भन्ने कुरा यो डायरीमा उल्लेख गरिएको छ।’

प्रकाशित: ७ चैत २०८० २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =