मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउने व्यवस्था गर्न नाडाको सुझाव

हिमाल प्रेस २ चैत २०८० ११:२६
18
SHARES
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउने व्यवस्था गर्न नाडाको सुझाव

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने लगायतका यातायात क्षेत्रका २६ बुँदे सुझाव पेस गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री महासेठसँग उक्त सुझाव पेस गरेको हो। नाडाले ती सुझावको समुचित सम्बोधन र समाधानका लागि आग्रह गरेको छ। सुझावमा सडक मर्मतसम्भार दस्तुर, सवारीसाधन कर, सवारीसाधनहरू सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्थाका विषय समेटिएका छन्।

यसैगरी अटोमोबाइल कम्पनीहरूको दर्ता प्रक्रिया, इम्बोस्ड नम्बर सवारी साधनहरूमा अनिवार्य लागू गर्ने, दुईपांग्रे सवारीसाधनलाई अत्यावश्यकीय सवारीसाधनका रूपमा लिनुपर्ने, सवारीसाधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने सुझाव नाडाको छ।

नामसारी, करहरूको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनुपर्ने, जरिबानाको दायरा, सरुवा सहमति, सवारीसाधन पैठारीकर्ताहरूका लागि छुट्टै डेस्कको स्थापना सेवाग्राहीलाई सुविधा र रसिदमा एकरूपता हुनुपर्ने नाडाले पेस गरेका अन्य सुझाव हुन्।

मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने, लाइसेन्स वितरण सहज हुनुपर्ने, दुई पांग्रे सवारीसाधनहरूको वर्गीकरण, सहजीकरणको भूमिका निर्वाह, .उच्चस्तरका सवारीसाधनहरूका लागि हरियो स्टिकर दिने प्रक्रियालगायतका सुझाव नाडाको छ।

पार्किङस्थलको अभाव, विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चार्जिङ स्टेसन निर्माण र विद्युतीय सवारीसाधनको व्यवस्था, सवारीचालक तालिमको व्यवस्था, अटोमोबाइल वर्कसपहरूमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारीसाधन आयातका सम्बन्धमा सुझाव पेस गरिएको नाडाले जनाएको छ।े छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले ती विषयहरूमा जानकारी गराएका थिए।

मन्त्री महासेठले सवारी साधनहरूको सीसीका आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताए। उनले प्रदेश तहका समस्याहरू भने प्रदेश सरकारमा नै राख्न सकिने बताए।

प्रकाशित: २ चैत २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =