सामसङको ग्यालेक्सी फिट३ बजारमा

हिमाल प्रेस १ चैत २०८० २०:३०
सामसङको ग्यालेक्सी फिट३ बजारमा

काठमाडौँ– सामसङ नेपालले सबैभन्दा नयाँ सटिक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट३ बजारमा ल्याएको छ। यो सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधि हो। यसले  स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास सामसङको छ।

ग्यालेक्सी फिट३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो। यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्तालाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म चौबीसै घण्टा आफ्नो नाडीबाट सीधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ।

‘स्वास्थ्यकाबारे सोच्ने यस आधुनिकयुगमा मानिसले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्। सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ’, सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने।

ग्यालेक्सी फिट३ ग्रे, सिल्भर, पिङ्क गोल्ड रङहरुमा रु. ७९९९ मा उपलब्ध छ।

प्रकाशित: १ चैत २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =