ओटीटीमा ‘नेपाली फिक्सन’

हिमाल प्रेस ३० फागुन २०८० १६:३५
12
SHARES
ओटीटीमा ‘नेपाली फिक्सन’

काठमाडौँ- ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्मा फिल्म ‘नेपाली फिक्सन’ सार्वजनिक भएको छ। देवेन्द्र खत्रीले निर्देशन गरेको फिल्म कमेडी जनरामा बनेको छ।

फिल्म एकजना ग्याङ्स्टारलाई लागू औषधको सामान पुर्‍याउन गएका दुई पात्रबीच हिस्सा बाँडफाँडमा उत्पन्न हुने मनमुटाव र अन्तरद्वन्द्वमा आधारित छ।

फिल्ममा संजोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा, रुपेश दाहाललगायत कलाकारको अभिनय छ। फिल्म आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादनमा बनेको छ।

फिल्म गत फागुन २ मा काठमाडौंस्थित विश्वज्योति हलमा फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्मले सुखद् प्रतिक्रिया पाएकाे थियो।

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले सञ्चालित यस प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’ लगायतका ‘इन्डिपेन्डेन्ट’फिल्म उपलब्ध छ।

प्रकाशित: ३० फागुन २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =