‘उपहार’को गीत ‘खाडीमा भेटौंला’

हिमाल प्रेस ३० फागुन २०८० ११:१४
20
SHARES
‘उपहार’को गीत ‘खाडीमा भेटौंला’

काठमाडौँ- देशभरका हलमा प्रदर्शनरत फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को पाँचौं गीत ‘खाडीमा भेटौंला’ सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा फिल्मका कलाकार रेखा थापा र मुकुन भुसाल देख्न सकिन्छ।

मोहन नेपालीको स्वर र प्रमोद ढुंगानाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। यसअघि निर्माण टिमले ‘कहिले बार बिर्सिन्छु’,‘हारेको छैन’, ‘मुटुको चार आना’ र ‘वाह! वाह!! वाह!!!’ बोलको गीत सार्वजनिक गरिसकेको छ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा र मुकुनसहित पूजा शर्मा, बेनिशा हमाल, सुष्मा कार्की, तेज गिरी, समर्पणजंग कार्की, अंशु महर्जनलगायत कलाकारको अभिनय छ। बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्। फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ।

यस्तो छ गीत

प्रकाशित: ३० फागुन २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =