‘उपहार’ को तेस्रो गीत ‘हारेको छैन’

हिमाल प्रेस १८ माघ २०८० १७:०८
10
SHARES
‘उपहार’ को तेस्रो गीत ‘हारेको छैन’

काठमाडौँ– फागुन २५ देखि प्रदर्शन हुने फिल्म ‘उपहार’को तेस्रो गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ। प्रमोद ढुङ्गानाको शब्द रहेकाे गीत बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रविन भुसालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। गीतको भिडियोमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, समर्पणजंग कार्की र तेज गिरी अभिनीत छन्।

यसअघि फिल्मका दुई गीत ‘वाह! वाह!! वाह!!!’ र ‘मुटुको चार आना’ चर्चित छ। सामाजिक विषयवस्तुमा आधारित फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। फिल्ममा अन्य कलाकार सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाललगायत छन्।

फिल्मको कथा सुलक्षण भारतीले लेखेका छन्। भने अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ। रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता रेखा थापा हुन्।

विष्णु कल्पित घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत छ।

फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्। भने कार्यकारी निर्मातामा अभिनेत्री थापाका पति बलराम शाही ठकुरी छन्।

यस्ताे छ गीत

प्रकाशित: १८ माघ २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =