पद्मोदय माविको ७८ औँ वार्षिकोत्सव मनाइयो

हिमाल प्रेस २९ फागुन २०८० १८:३६
462
SHARES
पद्मोदय माविको ७८ औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ- काठमाडौँको रामशाहपथस्थित पद्मोदय माविको ७८ औँ वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ।  विद्यालय प्रांगणमा मंगलबार  विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, विव्यस अध्यक्ष तुलसीप्रसाद अगस्ती, कामनपा २८ वडाका अध्यक्ष भाइराम खड्गी, काठमाडौँ जिल्ला शिक्षा समन्वय प्रमुख, विचारीप्रसाद अधिकारी उपस्थित थिए।

यसैगरी काठमाडौँ महानगरपालिका शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेल, विद्यालयको भूपू विद्यार्थी संघका अध्यक्ष हेमन्त खरेल, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश कार्यालयकी प्रमुख जयन्ती सत्याल, पूर्वप्रअहरू रमेशप्रसाद गौतम, विजयालक्ष्मी, श्रेष्ठ, मीना पोखरेल कोइराला, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक र शुभेच्छुकहरूको ठूलो उपस्थिति थियो।

समारोहमा ७८ वटा दीप प्रज्वलन गरिएको थियो भने विद्यालयका वर्षभरिका गतिविधि र शिक्षक–विद्यार्थीका रचनात्मक विषय समेटिएको पद्मपुष्प स्मारिका विमोचन गरिएको थियो।

प्रधानाध्यापक नारायणप्रसाद गौतमले विद्यालयमा प्रविधियुक्त शिक्षण सिकाइमा अग्रसर भइरहेको बताए। उनले भने, ‘आउँदो आर्थिक वर्षभित्रमा कक्षा ६ सम्म डिजिटल शैक्षिक सामग्री (स्मार्टबोर्ड) प्रबन्ध गर्ने लक्ष्य लिइएको छ।’

यसका लागि काठमाडौँ महानगरसँग अनुरोध गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए। उनका अनुसार आगामी शैक्षिक वर्षदेखि विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप पूर्णतः डिजिटल प्रविधिमा गइसक्नेछ।

यसैगरी विद्यालयले सुधारात्मक कक्षा सञ्चालन गर्दै आएको छ। अभिभावकहरूसँग विद्यार्थीको समयसमयमा शिक्षण सिकाइ क्रियाकलापमा अन्तर्क्रिया गर्ने गरिएको गौतमले बताए।

कार्यक्रममा लामो समयदेखि विद्यालयमा शिक्षण गर्दै आएकी नारायणी भण्डारीलाई दीर्घसेवा पुरस्कारबाट सम्मानित गरिएको थियो। यसैगरी धनकुमारी ढकाल वर्षभरिकी उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएकी छन्। समारोहमा कमला निबन्ध पुरस्कार, प्रअ ईश्वराज अर्याल पुरस्कार, गोमादेवी पाठक छात्रवृत्ति, आनन्दप्रसाद ढुंगाना छात्रवृत्तिबाट विभिन्न विद्यार्थीलाई प्रदान गरिएको थियो।

यसैगरी कृष्णबहादुर मानन्धर छात्रवृत्ति, जय दुर्गा प्रतिभा छात्रवृत्ति, अम्बर वसन्त कोइराला स्मृति विज्ञान छात्रवृत्ति, गौरीमाया तथा इन्द्रप्रसाद श्रेष्ठ स्मृति विज्ञान छात्रवृत्ति पनि प्रदान गरिएको थियो।

विष्णुबहादुर/मोहनकुमारी खड्का स्मृति छात्रवृत्ति, यशोधरा यसरेखा पन्त छात्रवृत्ति, एकराज शर्मा पाण्डे तथा मन पाण्डे प्रतिभा छात्रवृत्ति, डा. शर्मिला पोखरेल देवकोटा छात्रवृत्ति, रामप्रसाद तथा रत्न देवी स्मृति पुरस्कारबाट विभिन्न विद्यार्थी पुरस्कृत भएका थिए। पुरस्कार र छात्रवृत्ति कोषका संस्थापक र तिनका सन्तान आफैँ आएर पुरस्कृत गर्दा विद्यार्थी खुसी भएका थिए।

राणा प्रधानमन्त्री पद्मशमशेरको स्वीकृतिमा २००३ सालमा स्थापित विद्यालयमा ईसीडीदेखि १२ कक्षासम्म पढाइ हुन्छ। ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने मूल मन्त्रका साथ अघि बढेको विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार र व्यवस्थित कक्षाकोठा रहेको प्रधानाध्यापक गौतमले बताए।

वार्षिकोत्सव समारोहमा बालबालिकाले मनोरञ्जनात्मक र सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रअलाई आर्थिक, शैक्षिक र विभागीय कारबाहीसम्मको अधिकार चाहिन्छ : नारायणप्रसाद गौतम [भिडिओसहित]

प्रकाशित: २९ फागुन २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =