एनएमबी बैंकको लैंगिक समता र सामाजिक समावेशीकरण योजना

हिमाल प्रेस २६ फागुन २०८० ११:४२
एनएमबी बैंकको लैंगिक समता र सामाजिक समावेशीकरण योजना

काठमाडौँ- एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्धन, गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको उक्त नीतिमा समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोत्साहन गरिएको छ।

योजनाले बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास बैंकको छ।

बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा फरक ढंगले सक्षम ग्राहकहरुलाई ह्विलचेयर र्‍याम्प स्थापना गरिएको जनाएको छ।

साथै महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिएको छ। महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ फागुन २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =