डीएसपी बस्यालको शंकास्पद मृत्यु

हिमाल प्रेस २१ फागुन २०८० १६:४८
88
SHARES
डीएसपी बस्यालको शंकास्पद मृत्यु

काठमाडौँ- मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव भेटिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बस्यालको शव मोरङको धनपालथान-३ स्थित प्रस्तावित सीमा सुरक्षा बलको गुल्ममा भेटिएको हो।

बस्यालको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। उनको मृत्युको कारण खुलेकाे छैन। उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।  घटना अनुसन्धानका लागि मोरङस्थित कंकालिनी बटालियनबाट सशस्त्र प्रहरी बलका एसपी विश्वबन्धु खड्काको नेतृत्वमा टोली परिचालन गरिएको थापाले जानकारी दिए।

पाल्पा स्थायी घर भएका बस्याल २०६२ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए।

प्रकाशित: २१ फागुन २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =